रिद्धि सिद्धि सिमेन्टको एसईई दिएका बिद्यार्थी लक्षित विशेष छात्रवृत्ति योजना

रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम ल्याएको छ ।

यो छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तिर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थीहरुलाई लक्षित छ । एसईई परिक्षामा ३.६ जिपिए देखि ४ जिपिए ल्याएका बिद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि योग्य मानिने छ ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा पाँच हजार रुपैयाँ, दोश्रो हुनेलाई ३५ सय रुपैयाँ, तेश्रो हुनेलाइ२५ सय रुपैयाँ साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा १५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा गएर उल्लेखित QR code मा स्क्यानगरि फारम भर्नु पर्नेछ। आवेदकको फारम बुझाउने अन्तिम २१ श्रावण २०८० रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *