पहिरोले घर पुरिएर बैतडीमा आमा-छोराको मृत्यु, तीन जना घाइते

पहिरोले घर पुरिँदा बैतडीमा आमा-छोराको मृत्यु भएको छ।

मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-२, भैरू टोलकी २४ वर्षीया अञ्जु जागरी र उनको छोरा ४ वर्षीय रिजन रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिरोले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरूको मृत्युु भएको हो।

पहिरोले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन्।

पहिरोले घर र पशुचौपायामा पनि क्षति पुगेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर