क्रोएसिया भन्दै ईराक पुर्‍याएर बन्धक बनाउने एक जना पक्राउ

युरोपको क्रोएसियामा आकर्षक रोजगारीमा लगाइदिने भन्दै भिजिट भिसामा दुबई हुँदै इराक पुर्‍याई बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।

उनले पीडितलाई ५ महिनासम्म शारीरिक-मानसिक यातना दिँदै आफ्नो नियन्त्रणमा राखेको आरोप छ।

पक्राउ पर्नेमा लमजुङकाे दोर्दी गाउँपालिका वडा नं. ६ घर भई काठमाडौं महानगरपालिका-१५, स्वयम्भूमा जडिबुटी पसल सञ्चालन गरी बस्ने ५० वर्षीय देवराज तामाङ छन्।

प्रहरीका अनुसार एजेन्टलाई उनले भनेअनुसारको रकम दिएपछि पीडित नेपाल आएका थिए।

नेपाल आएपछि पीडितले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएका थिए।

पक्राउ अभियुक्तमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर