बहुमत पाए मुद्रा स्फीति दर कम गर्ने पाकिस्तानी पूर्वप्रधानमन्त्रीको नवाज शरीफकाे प्रतिबद्धता

पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सर्वोच्च नेता एवं पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफले आगामी आम निर्वाचनबाट बहुमत पाई सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाकिस्तानी समाचार च्यानल जिओ न्यूजका अनुसार नवाजले दुबईमा विभिन्न खाडी मुलुकका पीएमएल-एन प्रतिनिधिमण्डलसँग कुरा गर्दै उक्त टिप्पणी गरेका हुन्। नवाजले सत्तारूढ दल पीएमएल-एनले जनताले भोगिरहेका सबै समस्या र अप्ठ्याराको समाधान गर्ने बताएका छन्।

स्वास्थ्यको कारण देखाउँदै नोभेम्बर २०१९ देखि लण्डनमा बस्दै आएका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियम नवाज जुन २४ मा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका हुन्। उनीहरूले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का शीर्ष नेता आसिफ अली जरदारी र बिलावल भुट्टो जरदारीलगायत महत्त्वपूर्ण पाकिस्तानी नेतासँग आगामी निर्वाचन र पाकिस्तानी समस्याबारे छलफल गरेका छन्।

यसै साताको सुरूमा नवाजले जरदारीसँग दुबईको शेख जायद रोडमा रहेको एक होटलमा भेट गरेका थिए। स्रोतहरूलाई उद्धृत गर्दै द न्यूज इन्टरनेसनल पत्रिकाले लेखेको छ, ‘विधानसभा विघटन, आम निर्वाचनको मिति, पञ्जाबमा सीट समायोजन र अन्य महत्त्वपूर्ण मुद्दाहरूमा दुई प्रमुख राजनीतिक दलका नेताहरूबीच छलफल भएको थियो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *