पप्पु कन्स्ट्रक्सनका सञ्चालक पक्राउ
गुणस्तरहीन काम गर्ने र निर्माण अलपत्र पार्ने निर्माण कम्पनीकाे रूपमा चिनिएकाे विवादित पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट डीएसपीकाे कमाण्डमा खटिएकाे टाेलीले शुक्रबार काठमाडाैंबाट पक्राउ गरेकाे हाे।
पूर्वसांसदसमेत रहेका राैनियार बाँकेमा दर्ता भएकाे ठगी मुद्दामा पक्राउ परेका हुन्। उक्त ठगीमा उनका छाेरा सुमित पनि संलग्न रहेकाे अभियाेग छ।
उनीहरूविरूद्ध बाँके जिल्ला अदालतले गत वैशाख १० गते पक्राउ पुर्जी जारी गरेकाे थियाे। शोभाराम यादवले दिएको जाहेरीका आधारमा हरिनारायण पक्राउ परेका हुन्।
रौनियारविरूद्ध बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेकोलगायतका आरोपमा २०७५ सालमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
प्रतिक्रिया