ललितपुर जिल्ला अदालतकी कर्मचारी कुटेकाे आरोपमा वकिल पक्राउ

प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ।

अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।

अदालतको मिसिल नदिएको भन्दै उनले कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ। फोटोकपी लिएर जान अनुरोध गर्दा पनि नमानेको बताइएको छ।

उनीविरूद्ध अभद्र व्यवहार कसुरमा मुद्दा अघि बढाउने प्रहरीले जनाएको छ। आज सार्वजनकि बिदा भएकाले भोलि मात्रै म्याद थप हुने कार्कीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *