रक्षामन्त्री खड्का र अष्ट्रेलियाकी राजदूतबीच भेटवार्ता

शान्ति मिसनमा नेपालको अनुभवलाई अष्ट्रेलियाले ठूलाे महत्त्व दिने गर्छ : राजदूत भाेल्क 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र नेपालका लागि अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ।

बिहीबार रक्षा मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा दुई देशबीचको सम्बन्ध तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

भेटमा आफूहरूबीच शान्ति सेना तालिममा अष्ट्रेलिया र नेपालबीचको विस्तारित संलग्नताबारे छलफल भएको राजदूत भोल्कले बताइन्।

अष्ट्रेलियाले संयुक्त राष्ट्रसंघका ४४ शान्ति मिसनहरूमा दोस्रो ठूलो फौज योगदानकर्ताको रूपमा रहेको नेपालको अनुभवलाई ठूलाे महत्त्व दिने गरेको उनले उल्लेख गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *