शिवशिखर सहकारीका अध्यक्ष शर्माले बचतकर्ताकाे साढे ११ अर्ब हिनामिना गरेको ठहर

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक जना सहकारी सञ्चालकले विभिन्न सहकारी संस्थामा बचत गरिएको साढे ११ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको जनाएको छ।

सीआईबीले हिनामिनाको आरोप लागेपछि फरार भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष, मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाइजेसनका सञ्चालक केदारनाथ शर्माले बचतकर्ताको सो रकम हिनामिना गरेको जनाएको हो।

उनलाई यही असार ११ गते नेपालगञ्जबाट पक्राउ गरी आज सीआईबीले सार्वजनिक गर्दै कानूनी कारबाही अघि बढाइएको जानकारी गराएको छ।

उनीसहितको समूहमाथि शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था कौशलटार, भक्तपुरमा कार्यालय रही नेपालका ३५ जिल्लामा सेवा केन्द्र रहेको सहकारीका शाखा कार्यालयमा एक लाख ६८ हजार सात सय २५ निक्षेपकर्ता सदस्यको १० अर्ब ७७ करोड ७६ लाख रूपैयाँ रकम हिनामिना गरेको आरोप छ।

यस्तै मोरङको तुलसी बहुमुखी सहकारी संस्थाका २१ हजार एक सय ५४ निक्षेपकर्ता सदस्यले एक अर्ब ५४ करोड ७५ लाख रूपैयाँ रकम प्रचलित सहकारी ऐन र नियमावलीविपरीत सहकारी संस्थाबाट आफू तथा आफ्ना नजिकका व्यक्तिको नाममा सञ्चालित ४३ विभिन्न कम्पनीमा ऋण लगानी गरी हिनामिना गरेको पाइएको छ।

उक्त रकमको साँवा ब्याजसमेत सहकारी संस्थामा फिर्ता नगरी, सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफू र आफ्ना नजिकका व्यक्तिका नाममा जग्गा जमिन, सवारी साधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरूपयोग गरी सहकारी संस्थालाई हानिनोक्सानी पुर्‍याएको पाइएको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *