यी चार प्रदेशमा भीषण वर्षाको सम्भावना, मधेश प्रदेशमा हावाहुरी
मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न प्रदेशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ भने यति वेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
यस्तै अहिले कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।
मधेश प्रदेशका धेरै भूभागहरू र तराईका अरू केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा भीषण वर्षाको पनि सम्भावना छ।
कोशी प्रदेश र मधेश प्रदेशका धेरै भूभागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।
प्रतिक्रिया