पोखरामा चट्याङ लागेर एकको मृत्यु

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका-२३, हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गा-माटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङ लागेर विक बेहोस भएका थिए । घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बाम्दीबाट गएको प्रहरी टोलीले उनको उद्धार गरी मेट्रोसिटी अस्पताल पठाएको थियो । उनलाई अस्पतालले आज बिहान २:२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *