ताप्लेजुङमा पहिरोमा बेपत्ताको शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार
९ असार २०८० १३:२८
गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन्।
बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन्। बेपत्ता भएदेखि नै आफन्त र स्थानीयसहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए।
पहिराले घर बगाउँदा मेहेलेको भालुखोपका ६३ वर्षीया भगीमाया बुढाक्षेत्री, बुहारी ३० वर्षीया सन्ध्या र नाती ९ वर्षीय प्रज्वल बुढाक्षेत्री बेपत्ता छन्। पहिरोमा परी मेहेलेकै तीन जनाको निधन भएको छ।
- प्रहरीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था सन्तोषजनक : महानिरीक्षक कुँवर
- सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा
- राष्ट्रिय सहरी नीतिलाई मूर्त रूप दिन तदारुकताका साथ काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
- सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिबद्धता
प्रतिक्रिया