बौद्धको हस्तकला पसलबाट साढे ३३ लाख रूपैयाँसहित हुण्डी कारोबारी पक्राउ

प्रहरीले काठमाडौंको बौद्धबाट ३३ लाख ५० हजार रूपैयाँसहित एक जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मनाङको ङिस्याङ गाउँपालिका-४ घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरूङ छन्।

काठमाडौं महानगरपालिका-६, बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नामक पसलबाट स्रोत नखुलेको सो रकमसहिच उनी पक्राउ परेका हुन्।

मंगलबार पसलमा हुण्डी कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त, बौद्धबाट डीएसपीको कमाण्डमा खटिएको टोलीले पसलमा चेकजाँच तथा खानतलाखी गर्दा उक्त रकम बरामद भएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *