जीप दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिलामन्त्री सिंहको निधन

बझाङमा भएको जीप दुर्घटनामा परेर घाइते गम्भीर भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले मन्त्री सिंहको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए। उनका अनुसार केही बेरअघि चिकित्सकले मन्त्री सिंहलाई मृत घोषणा गरेका हुन्।

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन्। दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकोप्टरमा नेपालगञ्ज लगिएको थियो।

सिंहसँगै नेपालगञ्ज लगिएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ।

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *