विश्वकप छनोट : अमेरिकाले नेपाललाई दियाे २०८ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप छनोट-२०२३ प्रतियोगितामा अमेरिकाले नेपाललाई जितका लागि दुई सय आठ रनको लक्ष्य दिएको छ।

जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय सात रनको योगफल बनायो। अमेरिकाका लागि शायन जाहान्गिरले शतकीय पारी खेले। उनले ७९ बलमा १० चौका र तीन छक्काको मद्दतमा अविजित एक सय रन बनाए। यस्तै सुशान्त मोदनीले ४२ रन बनाए। उनले ७१ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

त्यस्तै गजानन्द सिंहले २६ रन बनाए। उनले ४१ बलमा दुई चौका र एक छक्का प्रहार गरे। जसदिप सिंहले २५ बलमा १२ रन बनाए।

बलिङतर्फ नेपालका लागि करण केसीले चार, गुलसन झाले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए। नेपालले जवाफी ब्याटिङ सुरु गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर