सीमान्तकृत वनकरिया जातिलाई गाउँपालिकाकाे पाडी

मकवानपुरको मनहरि गाउँपालिकाले सीमान्तकृत वनकरिया जातिलाई पाडी वितरण गरेको छ। मनहरि गाउँपालिका-४ मा बसोबास गर्दै आएका नेपालकै दुर्लभ र सीमान्तकृत वनकरिया जातिलाई पाडी वितरण गरिएको हो।

सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगरले उनीहरूको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको बताइन्।

उनले सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभई उनीहरूलाई आयआर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्‍याउँदै अघि बढिरहेको बताइन्। गाउँपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत उनीहरूलाई तीन लाख बजेटबाट १० वटा पाडी वितरण गरिएको हो।

वितरणपश्चात् वडा नं. ४ का वडाध्यक्ष प्रकाश थापाले ६ वर्षसम्म पाडीको राम्रो स्याहारसुसार गर्न सके वनकरिया जातिमा आत्मनिर्भर हुने बाटो रहने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *