भुटानी शरणार्थी प्रकरण : आरोपितहरूविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान

नेपालीलाई भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने भन्दै गरिएको ठगीमा पक्राउ परेका आरोपितहरूविरूद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान सुरू गरेको छ। विभाग स्रोतका अनुसार पक्राउ परेका १८ जना आरोपितहरूसँग बयान लिने तयारी भइरहेको छ।

बयानको अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा सोमबार निवेदन दिइएको विभागका एक अधिकारीले बताए। विभागको निवेदनमा मंगलबार पेसी तोकिएको स्रोतले पुष्टि गर्‍याे।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा अभियोगपत्र दर्ता गरेकै दिनदेखि विभागले यस प्रकरणमा अनुसन्धान थालेको थियो।

यस प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जना हाल पुर्पक्षका लागि केन्द्रीय कारागार सुन्धारामा थुनामा छन्। दुई जनालाई धरौटीमा छाड्ने आदेश भएको छ।

काठमाडाैं जिल्ला अदालतले लक्ष्मी महर्जन र टंकबहादुर गुरूङसँग धरौटी मागेको हो।

विभागले आरोपित १८ जनाविरूद्ध नै अनुसन्धानका लागि अदालतसँग अनुमति मागेको छ। ३० जनलाई प्रतिवादी बनाएर दर्ता भएको मुद्दामा १२ जना भने अझै फरार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *