समाजवादी मोर्चा घोषणा, यस्तो छ सहमतिपत्र

सत्तारूढ नेकपा (माओवादी केन्द्र) सहित चार दल सम्मिलित समाजवादी मोर्चा घोषणा भएको छ। लामो समयको चर्चा र तयारीपछि सोमबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबीच मोर्चा घोषणा भएको हो।

सत्तारूढ दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र सत्ताबाहिर रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित मोर्चा घोषणा भएको हो।

घोषणासभामा मोर्चा आबद्ध दलका तर्फबाट तयार सहमतिपत्र र मोर्चाको औचित्यसम्बन्धी अवधारणासमेत सार्वजनिक गरिएको छ।

मोर्चाको सचिवालयमा चार पार्टीका अध्यक्ष रहने र उनीहरूले आवश्यकताअनुसार अरू नेतालाई जिम्मेवारी तोक्न सक्ने गरी मोर्चाको संगठनात्मक ढाँचा तयार भएको छ। मोर्चाको नेतृत्व सहभागी दलका शीर्ष नेताहरूले आलोपालो गर्ने भएका छन्।

मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने सहमतिपत्रमा उल्लेख छ। मोर्चाका सदस्यहरुले साझा नीति नीति, कार्यक्रम र उद्देश्यका आधारमा काम कारबाही गर्ने सहमति पत्रमा उल्लेख छ।

मोर्चाको उद्देश्यविपरीत दलहरूले आफ्नो गतिविधि नगर्ने सहमतिमा उल्लेख छ। तर, आफ्नो अलग्लै कार्यक्रममा पार्टी नीतिअनुरूप काम गर्न भने स्वतन्त्र हुने सहमतिपत्रमा उल्लेख छ।

हेर्नुहाेस् सहमतिपत्र :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर