प्रहरीले छाड्यो उपप्राध्यापक चलाउनेलाई

काठमाडौं जिल्ला अदालत अगाडिबाट नियन्त्रणमा लिइएका उपप्राध्यापक प्रेम चलाउने रिहा भएका छन्।

आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरूद्ध धर्ना दिन पुगेका चलाउनेलाई प्रहरीले केही बेर नियन्त्रणमा लिएर छाडेको हो।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेलाई सोमबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो।

चलाउने ज्यान मार्ने उद्योग आरोपमा मुद्दा खेपिरहेका नेपाल विद्यार्थी संघका कार्यकर्ताविरूद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि आमरण अनसन बस्ने भन्दै जिल्ला अदालत परिसरमा गएका थिए।

समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० मा त्रिवि परिसर कीर्तिपुरमा आक्रमण गरेको आरोप लागेका नेविसंघका हरि आचार्य, योगेन्द्र रावलसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा थियो। यो मुद्दा सरकारले फिर्ता लिएको छ।

यसविरूद्ध चलाउनेले आजै साँझदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालयअगाडि आमरण अनसन बस्ने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *