जिम्बावेविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

जिम्बावेको हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता प्राप्त खेल हो।

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ। सन् २०१८ मा जिम्बावेमा आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो।

नेपालको प्लेइङ ११ मा आसिफ शेख, कुशल भूर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर