
समाजवादी मोर्चामा सहभागी हुने एकीकृत समाजवादीको निर्णय

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले चाँडै घोषणा हुन लागेको समाजवादी मोर्चामा सहभागी हुने निर्णय गरेको छ।
शुक्रबार बिहान बसेको पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले मोर्चा आजै घोषणा हुने भनिए पनि दलहरूका आ-आफ्ना तयारी बाँकी नै रहेकाले अझै केही दिन लाग्न सक्ने ब्रिफिङ गरेका थिए।
एकीकृत समाजवादीका तर्फबाट सबै तयारी भए पनि केही पार्टीहरूमा तयारी नपुगेकाले मोर्चा घोषणामा केही ढिलाइ हुन पुगेको खतिवडाले बताए।
मोर्चामा एकीकृत समाजवादीसहित नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वामदेव गाैतम नेतृत्वको नेकपा एकता अभियानलाई समेत सहभागी गराउने तयारी छ।
- गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावास जानुभएको भने, त्यसको खण्डन गर्छु: देउवा
- काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैन : स्वास्थ्यमन्त्री पौडेल
- सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : मोहन आचार्य
- यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना
प्रतिक्रिया