नेशन्स लिग खेल्ने राष्ट्रिय भलिबल टिमको बिदाइ

किर्गिस्तानको विस्केकमा अयाोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि बिहीवार नेपाली राष्ट्रिय पुरष भलिबल टोलीलाई बिदाइ गरिएको छ । राजधानीमा बिहीवार नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरेर किर्गिस्तानमा आयोजना हुने लिगका लागि नेपाली खेलाडीलाई बिदाइ गरेको हो ।

नेपाल भलिबल संघले शुक्रवार प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई हटाउँदै अन्तिम १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । टोलीलाई प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवसँगै लोेकेश बुढा रहेको प्रशिक्षण टोलीले १२ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

नेपाली टोलीलाई प्रशिक्षण गराईरहेका प्रशिक्षक जगदीशप्रसाद भट्टले काभाको प्रतियोगितामा सहभागि हुन नै नेपालका लागि मौका भएको बताए । लिग प्रणालीमा आयोजना हुने प्रतियोगितामा बलिया टोलीसँग नेपाली टोलीले खेल्न पाउनु नै अनुभव बटुल्ने अवसर भएको भन्दै प्रशिक्षक भट्टले चीनमा आयोजना हुने एसियन गेम्सको लागि राम्रो तयारी हुने बताए ।

किर्गिस्तान भ्रमण भनेको जित्नका लागि भन्दा बलिया टोलीसँग अनुभव बटुल्नका लागि जान लागेको प्रशिक्षक भट्टले बताए । उनले किर्गिस्तानमा हुने प्रतियोगितबाट प्रतिष्पर्धात्मक खेल्ने र बलियो टोलिसँग खेलेर सिक्दै टोलीको प्रदर्शन गरेर विगतको भन्दा वरियता सुधार गर्ने बताए ।

संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा वैशाख तेस्रो साता तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको थियो । छनोट लगत्तै टोलीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । नेपाली पुरुष भलिबल टोलीले यसवर्ष १९औं एशियाली खेलकुदसँगै काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने तालिका रहेको छ ।

बिदाइपछि बोल्दै नेपाली टोलीका नयाँ कप्तान हरि हजुर थापाले सहभागिता हुन लागेको प्रतियोगिता विगतको भन्दा फरक प्रतियोगिता भएको भन्दै आउने टोली मजबुत टोली भएकाले उनीहरुसँगको खेलबाट राम्रो अनुभव हुने बताए ।

बलिया टोलीसँग भिँड्नु नेपालका लागि चुनौतिपूर्ण हुने बताउँदै कप्तान हरिहजुरले राम्रो खेल प्रदर्शन गर्ने बताए ।

टोलीमा समावेश भएका चार नयाँ खेलाडी र पुराना अनुभवि खेलाडीको सम्मिश्रण भएको भन्दै राम्रो हुने बताए । नयाँ जिम्मेवारीले आपूmलाई थप हौसला मिलेको बताउँदै हरि हजुरले राष्ट्रका लागि राम्रो गर्ने प्रयास गर्ने बताए ।

एशियन गेम्स चीनको हाङझावमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदैछ र काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ । प्रतियोगितामा नेपालसहित ७ टोलीको सहभागिता रहने भएको छ । काभामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तान रहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर