दादुराबाट १६ जिल्लाका एक हजारभन्दा बढी संक्रमित

दादुराको प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी बिरामी परेका छन्। स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनामा  दादुरा फैलिएको हो।

महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं,कपिलवस्तु, अर्घाखाची, दाङ, बाके, बर्दिया, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लामा दादुराको प्रकोप भएको छ।

ती जिल्लामध्ये सबैभन्दा बढी कैलाली, सुनसरी र महोत्तरी जिल्लाका बालबालिका बढी सताइएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका र गोदावारी नगरपालिका, सुनसरीको बर्जु नगरपालिका र महोत्तरीको गौलाशा नगरपालिका-२ र ५ मा  दादुराको प्रकोप बढेको छ। ती स्थानीय तहका छ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको र अहिलेसम्म बाँकेको नेपालगंजमा एकजनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यही जेठ २४ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा देखिएको दादुरा नियन्त्रणमा आएको महाशाखाले जनाएको छ। दादुरा फैलिएका जिल्लामा हालसम्म दुई लाख १५ हजार ५४ जनालाई दादुराविरुद्धको खोप लगाइएको छ।

बाल स्वास्थ्य तथा खोप शाखाले यही जेठ २५ गतेदेखि सुनसरी मोरङ, महोत्तरी, बर्दिया, दाङ, सुर्खेत, कैलाली, कन्चनपुर र बाजुरा जिल्लाका छ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप अभियान सुरु गरेको छ।

दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिनाका साथै  मृत्युदर पनि उच्च रहेको छ। एकजना दादुरा संक्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जनाइएको छ।मन्त्रालायले यसअघि जति पटक खोप लगाए पनि अभियानका क्रममा पुनः खोप लगाउन आग्रह गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *