सामाजिक सञ्जालमा महिलाकाे नक्कली प्रोफाइल बनाएर चरित्रहत्या गर्ने पक्राउ

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा महिलाको नाम र तस्बिर प्रयोग गरी नक्कली प्रोफाइल खोलेर चरित्रहत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पवर्तको कुश्मा नगरपालिका-१४ का ४२ वर्षीय रामकुमार सुनार छन्।

उनले त्यसरी खोलेको नक्कली प्रोफाइलमा अश्लील तस्बिर तथा भिडियोहरूमा ती महिलाको अनुहार जोडेर चरित्रहत्या गरेको आरोप छ।

प्रहरीको साइबर ब्यूराेले जिल्ला प्रहरी कार्यालय, कास्कीको सहयोगमा उनलाई आइतबार पोखराबाट पक्राउ गरेको हो।

पीडित महिलाले पीडक पत्ता लगाई कारबाहीको माग गर्दै ब्यूराेमा उजुरी दिएकी थिइन्।

उजुरीमाथिको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट ब्यूरोले यसमा सुनारको संलग्नता पुष्टि गरेको हो।

पक्राउ परेका सुनारविरुद्ध विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट सोमबार ६ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *