प्युठान कार दुर्घटना अपडेट : चालकसहित ८ जनाको मृत्यु (नामावलीसहित)

प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेको कार दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको छ।

दुर्घटनामा कारमा सवार ८ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए। मृत्यु हुनेमा २ महिला, २ पुरुष र ४ बालबालिका छन्।

दुर्घटनामा चालक दाङको लमही नगरपालिका-५ का ताराबहादुर कुमाल, तुलसीपुर उपमहानगरपालिका-१५ की ३५ वर्षीया सरिता शर्मा पोखरेल, उनका छोराहरू १४ वर्षीय विशाल पोखरेल र ९ वर्षीय विकास पोखरेलको मृत्यु भएको छ।

यस्तै लमही-७ का ४० वर्षीय गोविन्द साह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली, उनीहरूका छोरा ९ वर्षीय आजित साहको पनि मृत्यु भएको छ।

एक जनाको भने सनाखत हुन बाँकी रहेको इन्स्पेक्टर मगरले बताए।

स्वर्गद्वारी नगरपालिका-४ उपल्लो भिङ्रीमा सडकबाट जीप खसेर दुर्घटना भएको हो। जीप पूरै क्षतिग्रस्त भएको छ।

दुर्घटनापछि यात्रुहरूलाई उद्धार गरेर उपचारका लागि प्युठान अस्पताल लगिएकोमा सबैको मृत्यु भएकाे हाे।

*यसअघि भुलवश ‘कार’ हुनुपर्नेमा ‘जीप’ भएकाले क्षमायाचनासहित सच्याएका छाैं।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *