भारतसँगको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्छ : माधव सापकोटा

सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नेपाल-भारतबीचको सीमा समस्या समाधानका लागि सिंगो राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन्।

सांसद सापकोटाले भारतले नेपालको भूमिसहितको नक्सा आफ्नो नयाँ संसदमा राखेर गम्भीर गल्ती गरेको समेत बताए। भारतको सो कदम उसकै उन्नति, प्रगति र हितको पक्षमा नरहेको उनको भनाइ छ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विश्व बजारमा प्रतिस्पर्धामा जानुपर्ने बेलामा भारतले सीमामा विवाद खडा गरेर बस्नु कुनै पनि अर्थमा सही नभएको बताए।

सांसद सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि भारतीय पक्षसँग छलफल गरेको पनि बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *