प्रधानमन्त्री विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा मात्रै लाग्नुभयो : महेश बर्तौला

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन्।

प्रधानमन्त्री दाहाल देशको हित नभई विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागिपरेको उनको आरोप छ।

शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचेतक बर्तौलाले प्रधानमन्त्री दाहाल आफ्नो भारत भ्रमणमा समेत देशको हितको पक्षमा उभिन नसकेको बताए।

सचेतक बर्तौलाले सरकारले उद्योग क्षेत्रको प्रवर्द्धनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *