राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी राजदूत निकोला पोलिटले आज बिदाइ भेट गरेकी छन्।

नेपालमा राजदूतका रूपमा आफ्नाे कार्यकाल सकेर बिदाइ हुन लागेकी पाेलिटले राष्ट्रपति पाैडेलसँग भेट गरेकी हुन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

सो अवसरमा राष्ट्रपतिले राजदूत पोलिटलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर