तेस्रो दक्षिण एशियाली योग खेलकुद बिहीबारबाट

तेस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता बिहीवारबाट आयोजना हुने भएको छ । राजधानीमा बुधवार आयोजक नेपाल योग खेलकुद संघले पत्रकार सम्मेलनको आयोजना गरेर बिहीवारबाट दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा दक्षिण एशियाका देशहरुले सहभागिता जनाउने छन् । प्रतियोगितामा पाकिस्तान आन्तरिक कारण उपस्थित नहुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । यस्तै दोस्रो दिन माउन्ट एभेरेष्ट योग फेस्टिभल्स च्याम्पियनसिप हुनेछ । यस च्याम्पियसिपमा पाँचै महादेशका योग खेलाडीहरुले सहभागिता जनाउने नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा.सूर्यबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिताको पहिलो दिन २५ गते उद्घाटन सत्र हुनेछ । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने कार्यक्रम रहेको छ । उद्घाटनकै दिन दक्षिण एशियाली प्रतियोगिता सञ्चालन हुनेछ भने २६ गते दुवै प्रतियोगिता आयोजना हुने । यस्तै प्रतियोगिताको समापन २७ गते हुनेछ ।

दक्षिण एशियाली खेलकुदमा २ सय भन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन् भने माउन्ट एभरेष्ट च्याम्पियनसिपमा २ सय ३ सय खेलाडीले सहभागिता जनाउने आयोजकले जानकारी दियो । प्रतियोगिता तिलगंगास्थित नेपाल भारतमैत्री धर्मशालामा दिउसो २ बजेटबा हुनेछ । प्रतियोगिताका लागि कुल ३० लाख अनुमानित खर्च रहेको छ । विभिन्न विधामा प्रतिष्पर्धा हुने प्रतियोगिताको विजेतालाई ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद पुरस्कृत गरिने आयोजकले जानकारी दियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर