कर नीति नसच्चिए संसद अवरुद्ध गर्छाैं : सुमना श्रेष्ठ
२४ जेठ २०८० १५:४६
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन्।
गरिबलाई झन गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको जिकिर गर्दै उनले त्यसको विरोधमा आफूहरूले संसद बैठक अवरुद्ध गर्न सक्ने चेतावनीसमेत दिइन्।
सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यन्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्वीकार्य नहुने बताइन्।
उनले गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ भनी अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्नसमेत गरिन्।
सांसद श्रेष्ठले गरिबलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरूलाई मारमा पार्ने काम हुनै नहुने बताइन्।
प्रतिक्रिया