शंकास्पद बिलबिजकसहित साढे दुई करोड बढीको औषधि तथा खुद्रा सामान बरामद

काठमाडौं- पर्सा प्रहरीले बिलबिजक शंकास्पद रहेको ट्रकमा लोड गरिएको साढे दुई करोड रुपैयाँमाथिको औषधि तथा खुद्रा सामानहरू बरामद गरेको छ।

बिलबिजकभन्दा बढी औषधि तथा खुद्रा सामानहरू बोकेको ना ७ ख ५८५२ नम्बरको मालवाहक ट्रक वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको सूचनाका आधारमा खटिएको प्रहरीले सो मालसामान बरामद गरेको हो।

मंगलबार राति १० बजे वीरगञ्ज महानगरपालिका-१६, रजतजयन्तीस्थित सडकखण्डमा ट्रकलाई रोकेर चेकजाँच गर्दा शंकास्पद बिलबिजकसहितको २ करोड ५५ लाख ३२ हजार ७७४ रुपैयाँ बराबरको मालसामान बरामद भएको हो।

नियन्त्रणमा लिइएको ट्रक र बरामद मालसामान थप अनुसन्धान तथा कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर