भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन्।

हुन बाँकी सहमतिलाई पनि बिगार्ने र नेपाललाई नै कमजोर बनाउने गरी आफ्नो भारत भ्रमणको सकिनसकी विरोध गर्ने तरिका उचित नभएको प्रधानमन्त्री दाहालको भनाइ छ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफूले भारतसँग गरेका सहमतिका लागि राष्ट्रिय एकता प्रर्दशन गर्न पनि सबै पार्टीलाई आग्रह गरे।

प्रधानमन्त्री दाहालले आफूले भारतीय पक्षसँग कालापानी क्षेत्र साट्ने प्रस्ताव नगरेको पनि बताए। बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले नेपाली पत्रकारहरूसँगको कुराकानीमा भनेको उनको स्पष्टीटकरण थियो।

प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक दुई मुलुकबीचको सीमा समस्या समाधान गर्ने भनेर दिएको सार्वजनिक अभिव्यक्ति नेपालका लागि ठूलो कुरा भएको बताए।

प्रधानमन्त्री दाहालले आफूले भारत भ्रमणको क्रममा खर्बौंको लगानी भित्र्याउने गरी सहमति गरेको जिकिरसमेत गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *