सूर्य नेपाल प्रिमियर गल्फ मंगलबारबाट

सूर्य नेपाल गल्फ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारबाट हुने भएको छ । सोमबार नेपाल गल्फर एशोसिएशन नेपालले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलबारबाट आयोजना हुने जानकारी दिएको हो ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रवार सकिनेछ । प्रतियोगितामा ४१ प्रोफेसनल खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल गल्फर एशोसिएशन नेपालका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।

विजेताले २ लाख ७० हजार प्राप्त गर्दा उपविजेताले १ लाख ७० हजार पाउनेछन् । यस्तै तेस्रोले १ लाख २० हजार, चौथोले १ लाख र पाँचौंले ८६ हजार नगद पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् ।

त्यस्तै च्याम्पियनसिप सकिएको भोलिपल्ट शनिबार प्रोफेसनल र एमेच्योर प्रतियोगिता हुनेछ । जसमा २५ प्रोफेसनल र १०० एमेच्योर गल्फरले सहभागिता जनाउनेछन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर