४ लाख धरौटीमा रिहा भए बाल यौन दुर्व्यवहार आरोपी मदन राई

बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका कृषिविज्ञको रूपमा परिचित मदन राई ४ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।

साेमबार खोटाङ जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले धरौटीमा छाड्न आदेश दिएसँगै उनी धरौटी तिरेर रिहा भएका हुन्।

राईले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्तर्गतको कसुर गरेको आरोप छ। उनी यसमा दोषी हुन् वा निर्दोष त्यो भने फैसलापछि मात्रै टुंगो लाग्नेछ।

राईलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर अनुसन्धान थालेको थियो।

राईविरुद्ध उनी आफैंले सञ्चालन गरेको खाेटाङकाे दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका-२, साेल्मास्थित शुभद्रा-मदन फाउण्डेसनमा रहेर अध्ययन गर्ने बालिकाले यौन दुर्व्यवहारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर