धार्मिक स्वतन्त्रता छ भन्दैमा धर्म परिवर्तनका लागि जबरजस्ती गर्न पाइँदैन : मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले जबरजस्ती धर्म परिवर्तन गर्न नहुने बताएका छन्।

सोमबार ललितपुरमा आयोजित लोकतन्त्रमा मानव अधिकार र धर्म तथा आस्थाको स्वतन्त्रता कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले सबैले आफ्नो आस्थालाई राख्ने धार्मिक स्वतन्त्रताका लागि राज्य सधैं गम्भीर रहेको बताए। उनले नेपालमा धार्मिक स्वतन्त्रता भए पनि कसैलाई धर्म परिवर्तनको निमित्त जबरजस्ती गर्न नमिल्ने बताए।

उनले स्वेच्छाले जुनसुकै धर्म मान्न पाइने संवैधानिक व्यवस्था भए पनि जबरजस्ती गर्न नहुने बताए। मन्त्री आचार्यले राज्यको कुनै धर्म नहुने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *