रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि संसदमा हंगामा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल भारतबाट भैंसी चढेर आएको भनेपछि प्रतिनिधिसभा बैठकमा हंगामा मच्चिएको छ।

खनालले प्रधानमन्त्री जहाज चढेर पोखरा विमानस्थलमा उत्रिने  आफूहरूको अपेक्षा भए पनि भैंसी चढेर आएको भन्ने कुरा सुन्नु परेको बताएका थिए।

खनालले सो अभिव्यक्ति दिँदै गर्दा सत्तारूढ नेकपा (माओावादी केन्द्र) का सांसदहरूले नियमापत्ति जनाए। सांसद हितराज पाण्डेले संसदमा अमर्यादित शब्द प्रयोग गर्न नपाइने भन्दै सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे।

त्यसपछि नेकपा (एमाले) ले नियमापत्ति जनायो। एमाले सांसद सूर्य थापाले सांसदले बोलिरहेका बेला बाधा पुर्‍याउन नपाइने नियमावलीमा व्यवस्था रहेको ध्यानाकर्षण गराए। उनले सत्तारूढ दलले संसदमा दादागिरी देखाएकाे भन्दै त्याे स्वीकार्य नहुने बताए।

उनले प्रधानमन्त्री स्वयंले संसदमा मानिसहरूले आफूलाई भैंसीमा चढेको देखाएको प्रसंग उठाउँदा चुप बसेको भन्दै अन्य सांसदले सो कुरा बोल्दा नियमापत्ति गर्नुपर्ने कुनै कारण नरहेको बताए।

रास्वपा सांसद रवि लामिछानेले पनि एमाले सांसद थापाकै कुरामा समर्थन जनाउँदै अभिव्यक्ति राखे।

सभामुख देवराज घिमिरेले सो शब्दावली हटाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर