भारतीय प्रधानमन्त्रीबाट सीमा समस्याबारे स्पष्ट विचार आएको यो पहिलो पटक हो : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले नेपाल-भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नो भारतको चारदिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन्।
त्यस अवसरमा उनले दुई मुलुकबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरूको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमासम्बन्धी हालसम्मकै स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबीसमेत गरे।
प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेस मिटको अवसरमा दिएको सीमासम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रूपमा लिएको पनि बताए।
प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताएको पनि संसदलाई जानकारी गराए।
प्रतिक्रिया