महाकालीमा बेपत्ता किशोर अझै भेटिएनन्
१६ जेठ २०८० १७:४०
दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन्। उनको दुई दिनदेखि खोजी जारी छ।
महाकाली नगरपालिका-१, धमपन्यारका १५ वर्षीय सुदीप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए। साथीहरुसित नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर सिंहले जानकारी दिए।
बेपत्ता धामीको खोजीकार्य जारी छ। खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी संलग्न रहेका छन्। उनी खलङ्गास्थित महेन्द्र नमूना उच्च माविमा कक्षा १० मा अध्ययनरत थिए।
- अवैध कल सेन्टर सञ्चालनमा पक्राउ परेका दुई चिनियाँसहित ३ जना कारागार चलान
- प्रहरीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था सन्तोषजनक : महानिरीक्षक कुँवर
- सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा
- राष्ट्रिय सहरी नीतिलाई मूर्त रूप दिन तदारुकताका साथ काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
प्रतिक्रिया