उपाधि होडमा रहेको मच्छिन्द्र आर्मीसँग बराबरीमा राेकियाे
उपाधि होडमा रहेको मच्छिन्द्र फुटबल क्लव विभागीय टोली त्रिभुवन आर्मीसँग बराबरीमा रोकिएको छ । त्यस्तै अर्को खेलमा एपिएफले जावलाखेल युथ क्लवलाई पराजित गरेको छ । शहीद स्मारक ए डिभजिन लिगको खेलहरुमध्ये ललितपुरस्थित च्यासल मैदानमा भएको खेलमा आर्मीले लिएको शुरुवाती अग्रतालाई १–१ को बराबरी ल्याउँदै अंक बाँडेपछि मच्छिन्द्रको उपाधि होडमा धक्का लागेको हो ।
‘ए’ डिभिजन लिगमा साविक विजेता मच्छिन्द्र क्लवबिरुद्ध १–१ को बराबरीमा रोकिएको छ । बराबरीसँगै २२ खेलमा २९ अंक जोडेको आर्मी सातौँ स्थानमा झरेको छ । मच्छिन्द्र समान खेलबाट ३५ अंककासाथ दोस्रो स्थानमा यथावत छ ।
रोमाञ्चक र प्रतिष्पर्धात्मका बनेको खेलमा १७ औं मिनेटमा दिनेश हेन्जनको गोलमार्फत आर्मीले शुरुवाती अग्रता लिएको थियो । तर ६० औं मिनेटमा युद्ध शाहीबाट आत्मघाती गोल हुन पुग्दा मच्छिन्द्र १–१ को बराबरीमा हुँदा मच्छिन्द्र हारबाट जोगिन पुगेको थियो । आर्मी लिगमा मच्छिन्द्रबिरुद्ध अपराजित रह्यो । पहिलो भेटमा आर्मी २–० ले विजयी भएको थियो ।
लिग अन्तर्गत शनिवार दशरथ रंगशालामा भएको अर्को खेलमा विभागीय टोली एपिएफ फुटबल क्लवले जावलाखेल युथ क्लवमाथि २–० को सहज जित निकालेको हो । जितसँगै २२ खेलमा २९ अंक जोडेको छ । एपिएफ छैटौं स्थानमा उक्लिएको छ । पराजय व्यहोरेको जावलाखेल समान खेलबाट ३४ अंकका साथ तेस्रो स्थानमा कायम छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार सम्पन्न खेलमा एपिएफलाई जित दिलाउन अर्मान्ड बिडोम र आवास लामिछानेले समान एक÷एक गोल गरे । सुरुआत बाट जावलाखेल बिरुद्ध आक्रामक खेल देखाएको एपिएफले खेलको २३ औं मिनेटमा बिडोमको गोलमार्फत अग्रता लिएको थियो । बिडोमले शरन विक्रम बस्नेतको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
पहिलो हाफको इन्जुरीमा आवासले गोल गर्दै एपिएफलाई २–० को जित दिलाए । बाँकी समयमा जावलाखेल खेलमा फर्किन निकै संघर्ष गरेपनि सफल हुन सकेन । ८६ औं मिनेटमा एपिएफ र जावलाखेल दुवै टोली १० खेलाडीमा समेटिएका थिए । मैदान भित्र झगडा गरेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले एपिएफका कप्तान नविन लामा र जावलाखेलका अब्दुलाजिज निशोनवेभलाई रातो कार्ड दिँदै मैदान पठाएका थिए ।
यससँगै एपिएफ लिगमा जावलाखेलबिरुद्ध अपराजित रह्यो । यी दुईबीचको पहिलो भेट गोलरहित बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया