‘सरकारको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछि जन्माउनेबारेको छलफल’

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताएका छन्।

शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनलेसरकारको नीति तथा कार्यक्रम ढिला गरी प्रस्तुत भएको बताएका हुन्।

उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्ने गरी प्रस्तुत हुनुपर्ने समय निर्धारण हुनुपर्ने बताए। उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउनेबारेको छलफल जस्तो भएको टिप्पणी गरे।

उनले सरकारले आवश्यकता हेरेर बजेट ल्याउनुपर्नेमा जोड दिए। उनले राजस्व नियन्त्रण गर्न नसकेको र मिलिजुली राजस्व छल्ने काम गरिरहेको आरोप लगाए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर