सरकारले निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउनुपर्छ : उपसभामुख राना

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सबै महिलाहरूलाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुने गरी बजेट ल्याउन सरकारसँग आग्रह गरेकी छन्।

शनिबार एक्सपोज नेपालले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताएकी हुन्।

उनले महिला सांसदहरूका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागिपर्ने समेत बताइन्। उपसभामुख रानाले सबै विद्यालयहरूमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराइन्।

उनले महिलाहरूलाई हिंसा सहेर नबस्न पनि आग्रह गसरन्। आजको युगमा आएर पनि नेपालमा महिला हिंसाको घटना नघटेकाले त्यसका विरुद्ध महिलाहरूले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाइ थियो।

उपसभामुख रानाले महिलाहरूको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंसा पनि गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर