भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाकाे बयान लिन सुरू

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतिवादीहरूको बयान लिन सुरू भएको छ । शुक्रबारबाट पक्राउ परेकाहरूको बयान लिन सुरू भएको हो । उनीहरूको काठमाडौं जिल्ला अदालतमा न्यायाधीश समक्ष बयान लिइनेछ ।

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । आज २ जनाको बयान लिइँदैछ । अहिले आरोपी केशव दुलाल र सागर राईको बयान जारी छ ।

नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूवगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रूपैयाँ उठाइएको आरोप छ । प्रकरणमा १६ जनालाई पक्राउ गरिएको छ । उनीहरूलाई अदालतमा बयान गराइनेछ ।

१४ जना भने अझै फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत कीर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर