एमालेले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित

नेकपा एमालेका सांसदहरूले बेल घेराउ गरेका छन् । बेल घेराउसँगै प्रतिनिधिसभा बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उठेर विरोध गरिरहेका उनीहरुले सरकारविरुद्ध नाराबाजी गर्दै बेल घेराउ गरेका थिए । सत्तारूढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा पित्तलको जलहरी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि सरकारलाई त्यसको जवाफ दिन माग गर्दै एमालेका सांसदहरूले संसद चल्न नदिने अडान लिएका थिए ।

यसैबीच एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको सो आरोप पुष्टि नभएम्म संसद चल्न नदिने अडान राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर