नवनियुक्त मन्त्री वीरेन्द्र महतो र राज्यमन्त्री प्रमिला कुमारीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराए।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरू दुबैलाई मन्त्री र राज्यमन्त्रीमा मंगलबार नियुक्त गरेका थिए। उनीहरूको नियुक्ति र शपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर