भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिनुपर्छ : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिनुपर्ने बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले साे कुरा बताएका हुन्।

उनले प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको कामकारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने र शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्रीहरू प्रहरी अनुसन्धानमा रहेकाे भन्दै साे कुराकाे माग गरेका हुन्। पूर्वप्रधानमन्त्रीहरूको पनि बयान लिएर अनुसन्धान पूरा गर्नुपर्ने उनकाे भनाइ छ।

उनले भने, ‘प्रधानमन्त्रीय प्रणालीमा मन्त्रीहरूको कामकारबाहीको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने हुन्छ। नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीहरू पूर्वउपप्रधानमन्त्रीहरू प्रहरी अनुसन्धानमा छन्। पूर्वप्रधानमन्त्रीहरूलाई पनि बयानमा बोलाई अनुसन्धानलाई पूर्ण बनाउनु जरुरी छैन र?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर