सरकारको नीति तथा कार्यक्रम टालटुले पाराको छ : राजकिशोर यादव

जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरूको संगालोको संज्ञा दिएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले समस्याहरूको पहिचान गरी समाधानका उपायहरूसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताए।

उनले विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढ्ने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताए। सांसद यादवले ठूला दलहरू अब पनि नसच्चिए समाप्त भएर जाने चेतावनीसमेत दिए।

सांसद यादवले मुलुक कमजोर हुँदै जानुमा कांग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको आरोप लगाए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर