भुटानी शरणार्थी प्रकरण : १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई थप ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

आइतबार जिल्ला अदालत काठमाडौंले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

यसअघि प्रहरीले आजै प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी थियो। तर, अुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थप अनुमति लिएको हो।

संगठित अपराध मुद्दामा प्रहरीले अभियुक्तलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था छ। यो मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको आगामी शुक्रबार ६० दिन पूरा हुनेछ।

प्रहरीले अभियुक्त राज्यविरुद्धको अपराधसहित संगठित अपराध, ठगी र कीर्ते कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ।

यस प्रकरणमा हालसम्म नेकपा (एमाले) का नेता तथा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १६ जना पक्राउ परेका छन्।

अझै १६ जना अभियुक्त फरार रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर