बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रूपमा मात्रै हेर्न थालियो : महालेखापरीक्षक शर्मा
महालेखापरीक्षक टंकमणि शर्मा दंगालले बेरुजु लेखापरीक्षकले निकाल्ने काम हो भन्ने रुपमा मात्रै लिन थालिएको बताएका छन्।
आइतबार बसेको लेखा समितिको बैठकमा बोल्दै महालेखापरीक्षक शर्माले पछिल्लो समय कुनै पनि निकायले बेरुजु फर्स्योट गर्नुपर्छ भन्ने भन्दा पनि लेखापरीक्षकको काम भएको भन्ने रूपमा लिन लागिएको भन्दै गुनासो गरेका हुन्।
उनले लेखापरीक्षकको कार्यालयले देखाएको बेरुजुका विषयमा आगामी दिनमा बेरुजु हुन नदिने भन्दा पनि बेरुजु फर्स्योटको विषयलाई प्राथमिकतामा लिन छोडिएको बताए। उनले बेरुजु फर्स्योटको वैज्ञानिक उपाय एक वर्षमा उठेको बेरुजु त्यही वर्षमा खर्च गर्नु रहेको बताए।
उनले एकै वर्षमा फर्स्योट नभए पनि अर्को वर्ष लेखापरीक्षण गर्दा खर्च भएको हुनुपर्ने बताए। महालेखापरीक्षक शर्माले जनप्रतिनिधिहरूलाई बद्नाम गर्ने गरी बेरुजु देखाउन लेखापरीक्षकहरूलाई नैतिक, वैधानिक र व्यावहारिक रूपमा पनि नदिने बताए।
उनले लेखापरीक्षकहरूले अहिलेसम्म त्यस्तो काम नगरेको बताए। उनले जिम्मेवार व्यक्तिले मेरो लेखापरीक्षकले यस्तो गर्याे भनेर राजनीतिक तहले बढवा दिने भन्दा पनि त्यस्तो कामको निषेध गर्न आवश्यक रहेको बताए।
उनले सार्वजनिक संस्थानहरूमा राजनीतिक नियुक्तिहरू गर्दा विगतको कार्यसम्पादन हेरेर गर्न आवश्यक रहेको बताए। उनले राजनीतिक नियुक्तिहरूमा तुलना गरेर बेरुजु बढी राख्ने र आर्थिक हिनामिना गर्नेहरूलाई कारबाही गर्न आवश्यक रहेको पनि बताए।
प्रतिक्रिया