
माओवादी नेताहरू चीन प्रस्थान


नेकपा (माओवादी केन्द्र) केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्नि सापकोटाको नेतृत्वमा माओवादी नेताहरू चीन प्रस्थान गरेका छन्।
सापकोटा नेतृत्वको २० सदस्यीय टोली १० दिने भ्रमणका लागि शुक्रबार बिहान चीनको छेन्दु प्रस्थान गरेको हो।
अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए।
भ्रमण टाेलीमा सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन्। यसैगरी प्रदेश अध्यक्षहरू र केन्द्रीय नेताहरू पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरूको टोली पनि चीन भ्रमण गरेर फर्किएको थियो।
- जनमोर्चा अध्यक्ष केसीको प्रश्न- आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ ?
- लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन : राजेन्द्र लिङदेन
- परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानी अवरोध गर्यो : रास्वपा
- राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना
प्रतिक्रिया