प्रधानमन्त्री प्रचण्ड बजेटलगत्तै भारत भ्रमणमा जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण जेठ १७ गतेदेखि हुने गरी तयारी सुरु भएको छ। दुवै देशले प्रचण्डको भारत भ्रमण उक्त मितिमा हुुने गरी तयारी गरिरहेका छन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत भएलगत्तै प्रचण्डको भारत भ्रमणको तयारी भइरहेको छ।

जेठ १७ देखि प्रचण्डकाे भारत भ्रमणका विषयमा दुवै देश सकारात्मक छन्।

भ्रमणमा वार्ता र सम्झौताका विषयहरूबारे दुवै पक्षले आवश्यक तयारी तीव्र पारेका छन्।

यसअघि उनी वैशाखमै भारत भ्रमणमा जाने भनिए पनि देशमा विकसित राजनीतिक घटनाक्रमका कारण उनको भारत भ्रमण पछि धकेलिएको हो।

तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ।

प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले पठाएको बधाई सन्देश गत १५ पुसमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बालुवाटार पुगेर हस्तान्तरण गरेका थिए ।

यसअघि परराष्ट्रसचिव भरतराज पौड्यालले २८ देखि ३० भदौसम्म भारतको औपचारिक भ्रमण गरेका थिए । भारतीय विदेशसचिव विनयमाेहन क्वात्रालाई पौड्यालले त्यसबेला नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका थिए । पौड्यालको निमन्त्रणामा क्वात्राले नेपालको भ्रमण गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर