भुटानी शरणार्थी प्रकरण

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन्।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीधन्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक प्रहरी अधिकारीले जानकारी दिए।

यसअघि बिहीबार नै बिहान हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका थिए। यससँगै याे प्रकरणमा पक्राउ पर्नेकाे संख्या १६ पुगेकाे छ।

रिजाल र मियाँअघि पक्राउ परेका १४ जनाविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडाैंले बुधबार थप तीन दिन म्याद थप गरेकाे थियाे।

यस प्रकरणमा रिजाल र मियाँसहित हालसम्म पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव तथा उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।

यस्तै केशव दुलाल, सानु भण्डारी, टंककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, रामशरण केसी र गोविन्द चौधरी पनि प्रहरी हिरासतमा छन्।

यी पनि-

.भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

.भुटानी शरणार्थी प्रकरण : १४ जनालाई थप ३ दिन थुनामा राख्न अनुमति

.पूर्वगृहमन्त्री खाणलाई जोगाउन खोज्ने पूर्वसांसद आङटावा शेर्पाले गरे प्रहरीमा आत्मसमर्पण

. मध्यराति उपत्यका छिरेका टोपबहादुर रायमाझी बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ

.नक्कली शरणार्थी प्रकरण अनुसन्धानले प्रहरीको साख फर्किंदै

.पूर्वगृहमन्त्री खाण र सहयोगी केसी निवासबाटै पक्राउ

.भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

.भुटानी शरणार्थी प्रकरणमा थप दुई जना पक्राउ

.नक्कली भुटानी शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड २५ लाख ठगिएको उजुरी

.पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी

.भुटानी शरणार्थी प्रकरण : यसकारण पक्राउ पर्दैछन् ‘हाइप्राेफाइल’

.भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी

.भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष बादलका सुरक्षा सल्लाहकार पक्राउ

.नक्कली भुटानी शरणार्थी प्रकरण : ५ करोड बढी ठगी गरेको भन्दै थप १० जनाले दिए जाहेरी

.नेपालीलाई भुटानी शरणार्थी बनाउने गिरोहका थप एक जना पक्राउ

.भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८१ जनाबाट १३ करोड बढी ठगी, ३ जना पक्राउ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर